बैशाख, काठमाडौं । यतिखेर बलिउड स्टार सलमान खानको जेल सजायलाई लिएर बिभिन्न मिडियाहरुमा प्रमुख समाचार आएरहेका छन् । यसैक्रममा सलमानलाई हाई कोर्टले दुई दिनको जमानत दिएपछि सलमान निकै दुखित छन् । उनलाई सजाय दिलाउनमा ज जसको मुख्य भुमिका छ उनिहरु मध्ये वकिल आभा सिंह को नाम सबैभन्दा अगाडी छ । सलमानको यो केशलाई वकिल आभाले मज्जाले नै अगाडि बढाईन् । उनले पुलिसको भुमिका माथि पनि सवाल उठाउँदै प्रहरीले सलमानलाई बचाउन खोजेको भन्दै आरोप समेत लगाईन् ।
जब चर्चित एलिस्टर परेराको सुनुवाई पनि एक बर्षमा पुरा भएको थियो तर सलमानको केसमा यति धेरै समय किन लागिरहेको छ ? उनले भनिन् । आभाले पुलिसलाई आग्रह गरिन् निष्पक्ष ढगंले काम गरौं, सेलिब्रेटि र आम जनता बिच फरक नगरौं ।